अफगानिस्तानको राजधानी काबुलमा गराइएको आत्मघाती बिस्फोटमा ४८ जनाको मृत्यु

502
अफगानिस्तान बिस्फोट

अफगानिस्तानको राजधानी काबुलमा गराइएको आत्मघाती बिस्फोटमा ४८ जनाको मृत्यु भएको छ। बिस्फोटमा परी अन्य ६७ जना घाइते भएका छन् । विश्वविद्यालयको परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरु अध्ययन गर्ने शैक्षिक केन्द्रमा बम बिस्फोट गराइएको हो । कक्षामा पढाइ भइरहेका बेला गराइएको बिस्फोटमा मृत्यु हुनेहरुमा धेरैजसो युवायुवती छन् ।यसैबीच तालेवान लडाकू समूहले आक्रमणमा आफ्नो संलग्नता नरहेको जनाएको छ । यसअघि हिजै उत्तर अफगानिस्तानको बागलान प्रान्तमा गराइएको अर्को बिस्फोटमा ४४ जना सुरक्षाकर्मीको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here