यू–१५ साफ महिला फुटबल च्याम्पियनसीपको सेमिफाइनलमा नेपालको हार

641
महिला फुटबल नेपाल-भारत

भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलमा नेपाल सेमिफाइलनमा भारतसँग पराजित भएको छ । थिम्पुको भएको सेमिफाइलन खेलमा भारतसँग २–१ गोलअन्तरले पराजित भएको हो । भारतका लागि लेन्डा कोमले ३०औँ मिनेटमा गोल गर्दै शुरुआती अग्रता लिए पनि ३७औँ मिनेटमा नेपालकी रजनी थोकरले गोल फर्काउँदै खेल बराबरीमा ल्याइन् ।

पहिलो हाफ बराबरीमा सकिए पनि ७५औँ मिनेटमा क्रिटिना देवीले गोल गरेपछि भारत खेलमा २–१ ले अघि बढ्यो । त्यसपछि थप गोल हुन नसक्दा नेपाल भारतसँग २–१ ले पराजित हुन पुग्यो । अब नेपालले तेस्रो स्थानका लागि बङ्गलादेश र भुटानबीचको पराजित हुने टोलीसँग भोली प्रतिस्पर्धा गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here