एसिया कप क्रिकेट प्रतियोगिताको छनोट खेलका लागि राष्ट्रिय टोलीको घोषणा

218
एशिया कप खेलाडी छनौट

एशिया कप क्रिकेट प्रतियोगिताको छनोट खेलका लागि पारस खड्काको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको छ । टोलीको मुख्य प्रशिक्षक जगत टमटा र कप्तान खड्काको छनोट समितिले टोलीको घोषणा गरेको हो । यही भदौ ११ देखि २२ गतेसम्म मलेसियामा हुने प्रतियोगिताका लागि साउन २९ गतेदेखि बन्द प्रशिक्षणमा आएका १९ खेलाडीबाट अन्तिम १५ सदस्यीय टोलीको छनोट गरिएको कप्तान खड्काले जानकारी दिए । एसिया कपको छनोटमा नेपालसहित आयोजक मलेसिया, युएइ, हङकङ, सिंगापुर र ओमानले खेल्ने छन् । छनोटको पहिलो खेलमा नेपालले भदौ १३ गते ओमानसँग खेल्दैछ । छनोटको विजेता टोलीले भदौ २८ गतेदेखि असोज १२ गतेसम्म यूएइमा हुने एसियाकपमा सहभागिता जनाउनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here