हजका लागि जान लागेका आफ्ना नागरिकहरुलाइ साउदीअरेवियाले प्रवेशमा रोक लगाएको कतारको आरोप

316
साउदी अरेबिया हज

कतारले हजका लागि जान लागेका आफ्ना नागरिकहरुलाइ साउदी अरेवियाले प्रवेशमा रोक लगाएको आरोप लगाएको छ । साउदी अधिकारीहरुले भने सो अरोपको खण्डन गरेका छन् ।मुस्लिम धर्मावलम्वीहरुको पवित्र तीर्थस्थल मक्का मदिना जानका लागि प्रत्येक वर्ष १२ सय कतारी नागरिकलाई कोटा प्रणाली अन्तर्गत् साउदी अरेबिया जान दिने व्यवस्था गरिएको छ ।

कतार सरकारले भने वार्षिक धार्मिक कार्यक्रमको लगत राख्न असम्भव भएको बताएको छ । सन् २०१७ मा साउदी अरिबिया सहित युनाइटेड अरब इमिरेट्स, बहराइन र इजिप्टको कतारसँगको सम्बन्धमा तिक्तता आएपछि खाडी मुलुकमा हबाई, जल र भूमार्ग नाकाबन्दी लगाइएको छ ।

कतारका नागरिकहरुलाई यी राज्यमा प्रवेश गर्न समेत प्रतिबन्ध लगाइएको छ । तर हजका लागि भने यो व्यवस्था लागू नहुने रियादले जनाएको छ । गत जुनमा साउदी अरेबियाको हज मन्त्रालयले वेबसाइट मार्फत् कतारी तीर्थयात्रीहरु दर्ता गर्न आव्हान गरेको छ । तर कतारले भने दर्ता गर्न असम्भव भएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here