इजिप्टमा इन्टरनेट नियन्त्रण गर्ने सम्बन्धी नयाँ कानुन निर्माण

558
इजिप्ट साइबर कानुन

इजिप्टका राष्ट्रपति अब्दल फताह अल सिसीले इन्टरनेटलाई नियन्त्रण गर्ने सम्बन्धी नयाँ कानुनमा हस्ताक्षर गर्नुभएको छ । राष्ट्रिय सुरक्षा र अर्थतन्त्रमा खतरा पुग्ने सामग्री राख्ने वेबसाइटलाई साइबर अपराध अन्तर्गत् इजिप्टमा ब्लक गर्ने सम्मको व्यवस्था राखिएको छ । त्यस्ता वेबसाइट हेर्ने, तथा पढ्नेलाई पनि दोषी ठहर गर्दै जेल हाल्ने वा जरिवानाको व्यवस्था नयाँ कानुनमा गरिएको छ ।

अस्थिरता र आतंकवादी गतिविधि विरुद्ध लड्न नयाँ व्यवस्था गर्नुपरेको अधिकारीहरुले बताएका छन् । तर मानव अधिकारवादी समूहहरुले भने सरकारले फरक राजनीतिक विचार राख्नेहरुलाई दबाउन खोजेको आरोप लगाएका छन् । विचार तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी कायरो सम्बद्ध संस्थाले नयाँ कानुनमा हस्ताक्षर गर्नु अघि नै इजिप्टमा ५ सयभन्दा बढि वेबसाइट ब्लक गरिसकिएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here