फलफूल तथा तरकारी बजारमा देखिएका समस्या समाधान गर्न पाँच सदस्यीय सुझाव समिति गठन

373
तरकारी बजार समिति गठन

सरकारले फलफूल तथा तरकारी बजारमा देखिएका समस्या समाधान गर्न पाँच सदस्यीय सुझाव समिति गठन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता नवराज ढकालको संयोजकत्वमा कृषि तथा पशुपक्षी विकास र गृह मन्त्रालय तथा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका प्रतिनिधि सदस्य रहने समिति गठन गर्नुभएको हो ।

समितिलाई पाँच दिनभित्र तरकारी तथा फलफूल बजारलाई व्यवस्थित गरी उत्पादक र उपभोक्ता बीचको दूरी कम गर्न सकिने उपायबारे सुझावसहितको अध्ययन प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ । तरकारी तथा फलफूल व्यवसायी, उपभोक्ता अधिकारकर्मीलगायत सरोकारवालासँग छलफल गरी यस क्षेत्रमा देखिएका बेथितिको दीर्घकालीन समाधान गर्ने उपाय सहितको सुझाव दिने नवगठित समितिका संयोजक ढकालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here