मुलुकको राष्ट्रिय अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख

85
राष्ट्र बैंक आर्थिक स्थिति

मुलुकको राष्ट्रिय अर्थतन्त्र सकारात्मक दिशामा उन्मुख भएको देखिएको छ । नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०७४/७५ को वार्षिक तथ्याङ्कमा आधारित रहेर सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले अर्थतन्त्र सकारात्मक दिशामा उन्मुख भएको देखाएको हो ।

चालू आर्थिक वर्षमा विप्रेषण आप्रवाहमा वृद्धि हुने भएको छ भने देशको समग्र आर्थिक परिदृश्य मिश्रित रहने देखिएको छ। अघिल्लो वर्ष ४.६ प्रतिशतले वृद्धि भएको विप्रेषण आप्रवाह समीक्षा वर्षमा ८.६ प्रतिशतले बढेर सात खर्ब ५५ अर्ब ६ करोड रुपैया पुगेको छ । समयमै मनसुनी वर्षा भएकाले ९५ प्रतिशतभन्दा बढी रोपाइँ भइसकेको छ भने धानको उत्पादन उल्लेख्य हुने अनुमान गरिएको छ ।

अघिल्लो वर्ष १.५ प्रतिशतले ऋणात्मक रहेको धानको उत्पादन यो वर्ष उत्साहप्रद हु्ने विश्वास केन्द्रीय बैङ्कको छ । वार्षिक औसत उपभोक्ता मुद्रास्फीति अघिल्लो वर्ष ४.५ प्रतिशतको तुलनामा केही कम रहे पनि २०७५ असार महिनामा विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.६ प्रतिशत पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here