प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १० वर्षभित्र व्यापार घाटा सन्तुलनमा आउने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ द्वारा हिजो बिराटनगरमा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले नेपालमा आगामी जेठसम्ममा निर्यात हुने बिजुली उत्पादन हुने बताउनुभयो । प्रधानमन्त्री ओलीले अगामी दिनमा संयुक्त राष्ट्र सङ्घमा हुने सम्मेलनमा नेपाल सरकार फरक ढङ्गले प्रस्तुत हुने तथा बिम्स्टेक र सार्कलाई सक्रिय बनाउन नेपाल सरकारले पहल गर्ने जानकारी दिनुभयो । नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले आफ्नो सेवा र सुविधाभन्दा पनि जनताको आवश्यकता र चाहनामा केन्द्रित हुन तथा जनतासँग मित्रवत् व्यवहार गर्न जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।
Latest article
सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरेको छ
सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरेको छ । काठमाडौंमा आज आयोजित विशेष समारोहबीच प्रधानमन्त्री के.पी. शर्मा ओलीले सो कार्यक्रम शुभारम्भ गर्नुभयो ।...
विश्व रेडियो दिवस आज मनाईंदैछ
विश्व रेडियो दिवस आज मनाईंदैछ । विश्व रेडियो दिवसको यो वर्षको नारा विपतका समयमा रेडियोको भूमिका भन्ने तय गरिएको छ । संयुक्त...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रोपटक सरकारी कार्यालयहरु बन्द हुने स्थिति नआउने विश्वास व्यक्त गर्नुभएको...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रोपटक सरकारी कार्यालयहरु बन्द हुने स्थिति नआउने विश्वास व्यक्त गर्नुभएको छ । संघीय सरकारलाई बजेट उपलब्ध गराउन सांसदहरु...