प्रदेश ५ को सरकारले कर्मचारीको दरबन्दी बढाइदिन सङ्घीय सरकार सँग सिफारिश

109
५ नं. प्रदेश कर्मचारी माग

प्रदेश सरकारसमक्ष प्रस्ताव गरिएको कर्मचारी विवरणमा संशोधन माग गर्दै प्रदेश ५ को सरकारले कर्मचारीको दरबन्दी बढाइदिन सङ्घीय सरकारसँग सिफारिश गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारका ६ वटै मन्त्रालयमा हाल केन्द्र सरकारले तय गरेको कर्मचारी दरबन्दी अपुग रहेकाले बढाउन माग गर्ने निर्णय गरी सङ्घीय सरकारलाई सिफारिश गरेको भौतिक पूर्वाधार विकासमन्त्री तथा प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिनुभयो । सङ्घीय सरकारले प्रदेश सरकारका लागि दुई हजार ७१४ जना कर्मचारीको दरबन्दी तोकेकामा प्रदेश सरकारले तीन हजार १५७ जना कर्मचारीको सिफारिश गरेको प्रवक्ता चौधरीले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here