अर्जेन्टिनामा आर्थिक संकट बढ्दै गएपछी अन्तराष्ट्रिय मुद्रा कोषबाट ५ खर्व डलर ऋण सहयोगको माग

338
अर्जेन्टिना

अर्जेन्टिनामा आर्थिक संकट बढ्दै गएपछी त्यहाँको सरकारले अन्तराष्ट्रिय मुद्रा कोष समक्ष ५ खर्व अमेरिकी डलर ऋण सहयोगको माग गरेको छ । राष्ट्रपति माउरी सियो माक्रीले धराशायी बन्दै गएको अर्थतन्त्रलाइ सक्रिय बनाउन अप्रत्यासित रुपमा रकम माग गर्नुपरेको बताउनु भएको छ । अमेरिकी डलरको तुलनामा अर्जेन्टिनाको मुद्रा पेसोको दर ४० प्रतिशतले घटेपछी त्यहाँ मुद्रास्फिति संगै आर्थीक संकट बढ्दैगएको छ । मुद्रा कोषले भने अर्जेन्टिनालाइ पैसा दिने वा नदिने भन्ने बारेमा निर्णय गरिसकेको छैन ।

अर्जेन्टिनाको मागको पुष्टि गर्दै मुद्रा कोषले माग सम्वोधन गर्ने विषय छलफलमै रहेको जनाएको छ । आर्थीक क्षेत्रका विज्ञहरुले भने अर्जेन्टिनाले त्यत्रो ठूलो राष्ट्रिय ऋण धान्न नसक्ने टिप्पणी गरेका छन् । मुद्रा कोषको रकमले थप आर्थिक विचलन आउने चिन्ता उनीहरुको छ । गत मे महिनामै मुद्रा कोषसंग ऋण माग्ने सहमति भएको भएपनि राष्ट्रपति माक्रीले अर्थतन्त्र सुधार हुने र त्यस्तो कुनै ऋण नलिइने बताउनु भएको थियो । तर अहिले अप्रत्याशित रुपमा मुद्रा कोष संग ठूलो रकम ऋणमा लिन लागेपछी भने उहाँमाथी शंका व्यक्त हुन थालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here