लिबियाको राजधानी त्रिपोली नजिकै भएका विभिन्न घटनामा परी कम्तीमा २७ जनाको मृत्यु

406
लिबिया झडप

लिबियाको राजधानी त्रिपोली नजिकै भएका विभिन्न घटनामा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ । केही दिनदेखि भएका ती घटनाका कारण अन्य सय जना घाइते भएको अधिकारीहरुले जनाएका छन् । सरकारमै संलग्न दुई प्रतिस्पर्धी समूहहरुबीच भएको भिडन्तमा उनीहरु मारिएका हुन् । झडपमा मृत्यु भएका लडाकू र घाइतबारे त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । दक्षिण पूर्वी त्रिपोलीको आइनजारा नजिकै भएका झडपमा संयुक्त राष्ट्रसङ्घबाट समर्थन प्राप्त राष्ट्रिय सहमतिको सरकारमा आवद्ध दुई समूह नै सम्लग्न रहेको सुरक्षा स्रोतले जनाएको छ । लामो समयसम्म शासन चलाएका मोहम्मद गद्दाफिलाई सन् २०११ मा लिबियाको राजधानीबाट आन्दोलनको बलमा हटाइएपछि त्रिपोलीमा विभिन्न लडाकू दस्ताबाट पटकपटक आक्रमण प्रयासहरू भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here