आयोजक बंगलादेशलाई हराउँदै नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा

57
साफ च्याम्पियनशीप

आयोजक बंगलादेशलाई हराउँदै नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । हिजो भएको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २-० गोल अन्तरले हराएको हो । अघिल्लो खेलमा पाकिस्तानले भुटानलाई ३-० ले हराएपछि अन्तिम चारमा स्थान सुरक्षित गर्न नेपाललाई जित चाहिएको थियो भने बंगलादेशलाई बराबरी भए पुग्थ्यो । खेलमा नेपालले सुरुदेखि नै घरेलु समर्थकको साथ पाएको बंगलादेशलाई दबावमा राखेको थियो । खेलको ३३ औं मिनेटमा बिमल घर्ती मगरले नेपाललाई अग्रता दिलाए । विमलले करिब ३५ यार्ड टाढाबाट प्रहार गरेको बल बंगलादेशको गोलरक्षकले हातमै परेको थियो तर, उनले रोक्न सकेनन् र गोलमा परिणत भयो । निर्धारित ९० मिनेटको अन्तिममा नवयुग श्रेष्ठले गोल गरेपछि नेपालको जित सुनिश्चित भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here