फुटबल रङ्गशालामा भागदौड मच्चिँदा एक जनाको मृत्यु

95
मादागास्कर र सिनेगल

मादागास्करको राजधानी अन्तानानारिभोमा एक फुटबल रङ्गशालामा भागदौड मच्चिँदा एक जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । मादागास्कर र सिनेगल बीच अफ्रिका कप छनौटका लागि हुन लागेको फुलबल खेल शुरु हुनु केही अघि मात्रै सो घटना भएको हो । स्थानीय संचार माध्यमहरुका अनुसार खेल शुरु हुनुपूर्व फुटबल खेल हेर्न गेटबाट प्रबेश गर्ने क्रममा दर्शकहरूबीच भएको झडपमा सो घटना भएको हो । रंगशालाको एक मात्रै प्रवेशद्धारबाट एकैचोटी हजारौं मानिस प्रवेश गर्न खोज्दा सो सो घटना भएको हो । घाइतेहरूलाई राजधानी स्थित एक अस्पतालमा उपचारका राखिएको छ । अस्पताल स्रोतले दिएको जानकारी अनुसार विरामीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here