अमेरिकाको पूर्वी तटीय क्षेत्रमा फ्लोरेन्स नामक आँधीको खतरा

163
अमेरिका आँधी

संयुक्त राज्य अमेरिकाको पूर्वी तटीय क्षेत्रमा फ्लोरेन्स नामक आँधी आइरहेकाले सो क्षेत्र खाली गर्न निर्देशन दिइएको छ । दशककै शक्तिशाली आँधी हुन सक्ने भन्दै अधिकारीहरुले सजगता अपनाउन निर्देशन दिएका छन् । सम्भावित आँधीलाई मध्य नजर गर्दै दक्षिण क्यारोलिना राज्यका गभर्नरले सम्पूर्ण तटीय क्षेत्र खाली गर्न निर्देशन दिएका छन् । यसै गरी उत्तरी क्यारोलिना र भर्जनिया राज्यले संकटकाल घोषणा गरिसकेका छन् । अधिकारीहरुका अनुसार फ्लोरेन्स आँधी चौथो प्रकारको हो । यसको गति १ सय ९५ किलोमिटर प्रतिघन्टा रहेको छ । यसले आगामी बिहिबारबाट क्यारोलिन क्षेत्रमा प्रहार गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here