साफ फुटबल च्याम्पियनशिपको पहिलो सेमिफाइनलमा आज नेपाल र मालदिभ्स भिड्दै

77
नेपाल-माल्दिभ्स फुटबल

बंगलादेशको ढाकामा जारी साफ फुटबल च्याम्पियनशिपको पहिलो सेमिफाइनलमा आज नेपालले मालदिभ्ससंग प्रतिस्पर्धा गर्दै छ । नेपाल समुह ए बाट विजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेको हो । नेपाल पहिलो खेलमा पाकिस्तानसंग पराजित भएपनी उत्कृष्ट पुनरागमन गर्दै भुटानलाइ ४-० गोल अन्तरले तथा बंगलादेशलाइ २-० गोल अन्तरले पराजित गरी सेमीफाइनलमा प्रवेश गरेको हो । मालदिभ्स भने समुह बि को उपविजेताको रुपमा सेमीफाइनलमा प्रवेश गरेको हो । मालदिभ्सले समुह बी बाट जम्मा १ अंक ल्याएको थियो र श्रीलंकासंग गोला प्रथा बाट दोस्रो स्थान पक्का गर्दै सेमीफाइनको यात्रा तय गरेको हो ।

नेपाल र मालदिभ्स वीच हालसम्म भएका १५ खेलमध्ये ४ मा नेपाल विजयी भएको थियो भने ७ खेलमा पराजित र बाँकी ४ खेल बरावरीमा सकिएको थियो । नेपालले साफ च्याम्यियनशिपमा मालदिभ्सलाइ अहिलेसम्म हराउन सकेको छैन र मालदिभ्स विरुध्द जित निकाले नेपालले नयाँ इतिहास रच्ने छ । नेपालले मालदिभ्सलाइ हराउन सके पहिलो पटक साफ च्याम्पियनशिपको फुटबलको फाइनलमा पुग्ने छ । साफ च्याम्पियनशिपको फुटबलको दोस्रो सेमीफाइन खेल चिर परिचित प्रतिद्वन्दी भारत र पाकिस्तान वीच आजै हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here