नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै

96
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

प्रदेश, जिल्ला र जनवर्गीय सङ्गठनको एकता लगायतका विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ । यसअघि पटकपटक स्थगित हुँदै आएको बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । सचिवालय बैठक बोलाउने विषयमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सोमबार छलफल भएको थियो ।

प्रवक्ता श्रेष्ठले तल्लो तहका साङ्गठनिक एकता गर्न बैठक बस्न थालेको बताउनुभयो । ‘‘जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि तल्लो तहको पार्टी एकता तीन महीनाभित्र गरिसक्ने बताइएको थियो । एकताका लागि गठन गरिएका कार्यदलले प्रतिवेदन नबुझाउदा प्रदेश, जिल्ला र जनवर्गीय सङ्गठनको एकता प्रक्रिया लम्बिएको हो । अहिलेसम्म जनवर्गीय सङ्गठनमा इञ्जिनियरिङको मात्र एकता भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here