हरितालिका तीजका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुभकामना व्यक्त

102
राष्ट्रपति सन्देश

राष्ट्रपति विद्यादेवी भण्डारीले देशको द्रुततर आर्थिक विकास एवं सामाजिक रुपान्तरण गर्नुपर्ने आजको आवश्यकतालाई सबैले हृदयङ्गम गरी चाडपर्वहरु मनाउँदा मितव्ययिता अपनाउन आवश्यक भएको बताउनुभएको छ । हरितालिका तीजका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले तीज सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको उल्लेख गर्नुभएको छ ।

नेपाली नारीले आफ्नो सौभाग्य र परिवारजनको समृद्धिका लागि व्रत बसेर भगवान् शिव–पार्वतीको पूजाआराधना गर्ने उल्लेख गर्दै राष्ट्रपति भण्डारीले तीजले सबैलाई एकताको सूत्रमा आबद्ध गरी विविधताबीच एकता, समन्वय, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पु¥याइरहेको बताउनुभएको छ । यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले तीज पर्वलाई समय अनुसार परिस्कृत गरेपनि यसको मौलिकतालाई कायम राख्नु पर्नेमा जोड दिनुभएको छ ।

हरीतालिका तिजको अवसरमा शुभकामना दिदै प्रधानमन्त्री ओलीले तिज पर्वले सम्पूर्ण महिलाहरुलाई एकतावद्ध भएर अगाडि बढ्न प्रेरणा मिल्ने बिश्वास ब्यक्त गर्नुभएको छ । नेपाल जस्तो बहुसांस्कृतिक ,बहुधार्मिक ,बहुजातीय देशमा मनाइने विभिन्न चाडपर्वले आम नेपालीहरुलाई एक सुत्रमा बाँध्न सहयोग गर्ने प्रधानमन्त्री ओलीले बताउनुभएको छ । तीज पर्वको मौलिकतालाई भुलेर यसलाई भड्किलो र खर्चिलो बनाउनेतिर नलाग्न पनि प्रधानमन्त्री ओलीले सन्देशमा सबैलाइ आग्रह गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here