पूर्वी अफगानिस्तानमा गरिएको आत्मघाती बम आक्रमणमा परी ६८ जनाको मृत्यु

79
अफगानिस्तान आत्मघाती विष्फोट

पूर्वी अफगानिस्तानमा भएको आत्मघाती बम आक्रमणमा परी ६८ जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार पाकिस्तान नजिकै रहेको नानगर प्रान्तमा स्थानीय प्रहरी प्रमुखका विरुद्ध भइरहेको प्रदर्शनमा आक्रमणकारीले बम विष्फोट गराएका थिए ।पछिल्ला केही महिनामा भएका आक्रमणमा मारिनेको संख्या बढिरहेको छ । मंगलबार भएको विष्फोटपछि मृतकको संख्या रातभरमै बढेको जनाइएको छ । घटनामा १ सय ६५ जनाभन्दा बढी घाइते भएका छन् । विष्फोटका घटनाहरु लगातार भइरहेकाले स्थानीय अस्पतालहरुलाई घाइतेहरुको उपचार गर्न समेत कठिन भइरेको छ ।आक्रमणको जिम्मेवारी हालसम्म कुनै पनि समूहले लिएको छैन । नानगर प्रान्तमा इस्लामिक स्टेटका लडाकुहरु सक्रिय रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here