अमेरिकामा फ्लोरेन्स नामक आँधीले धेरै मानिसको ज्यान लिन सक्ने

225
अमेरिका आँधी

अमेरिकाको पूर्वी तट नजिकै आइपुगेको फ्लोरेन्स नामक आँधीले धेरै मानिसको ज्यान लिन सक्ने भन्दै अधिकारीहरुले सचेत गराएका छन् । संघीय आपतकालिन व्यवस्थापन निकायले शक्तिशाली सामुद्रीक तरंगले जमिन भएको क्षेत्रमा ठूलो विपद्पूर्ण अवस्था निम्त्याउन सक्ने जनाएको छ । आँधीको जोखिममा रहेका उत्तरी क्यारोलिना, दक्षिणी क्यारोलिना र भर्जिनिया राज्यको तटीय क्षेत्रका झण्डै १७ लाख मानिसलाई स्थानान्तरण गर्न निर्देशन दिइ सकिएको छ । उत्तरी क्यारोलिनाको तटीय क्षेत्रमा भारी वर्षा सहितको शक्तिशाली हुरी शुरु भइसकेको छ । जसले पहिले नै बाढी आउन सक्ने संकेत गरेको छ । प्रभावित राज्यमा झण्डै ११ सय विद्युत लाइनमा अवरोध आइसकेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here