विश्वमा हरेक बर्ष क्यान्सरका १ करोड ८० लाख नयाँ विरामी थपिने गरेको तथ्य सार्वजनिक

46
विश्व क्यान्सर वृद्धि

क्यान्सरको अनुसन्धानमा सक्रिय एक संस्थाले विश्वमा हरेक पाँच पुरुषमा एक जना र हरेक ६ महिलामा एक जना क्यान्सर रोगबाट प्रभावित हुने गरेको तथ्य सार्वजनिक गरेको छ । क्यान्सर रोगको अनुसन्धान सम्वन्धी अन्तराष्ट्रिय संस्था आइ ए आर सी ले यस वर्ष क्यान्सरका १ करोड ८० लाख नयाँ विरामी थपिन सक्ने र ती मध्ये करिव ९६ लाख मानिसको मृत्यु हुने अनुमानित आकँडा सहितको प्रतिवेदन पनि सार्वजनिक गरेको छ ।

यसले विश्वभरनै क्यान्सर रोगको भयावह अवस्थालाइ देखाएको छ । संस्थाका अनुसार सन् २०१२ मा १ करोड ४० लाख नयाँ विरामी र करिव ८२ लाखको मृत्यु भएकोमा बर्ष संगै मानिसहरुको उमेर र जनसंख्यामा भएको बृद्धिले प्रभावितको संख्या पनि बढ्दै गइरहेको छ । प्रतिवेदन अनुसार फोक्सोको क्यान्सर, महिलामा स्तन क्यान्सर र पेटको क्यान्सरबाट पछिल्लो समय धेरै मृत्यु भइरहेको छ ।

अमेरिका, हङ्गेरी, डेनमार्क, चीन र न्युजल्याण्ड सहित २८ देशमा फोक्सोको क्यान्सरबाट धेरैको मृत्यु भएको पनि उल्लेख गरिएको छ । मुलुक जति सम्बृद्ध र धनी बन्दै गएका छन् ती देशमा गरिव देशको तुलनामा क्यान्सर रोगीको संख्या बढी रहेको पनि प्रतिवेदनमा खुलाइएको छ । संस्थाले विश्वका १ सय ३६ देशहरुमा ३६ भन्दा बढी क्यान्सरका विभिन्न रोगहरुको सुक्ष्म अध्ययन पछी उक्त निश्कर्ष निकालेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here