नेपालगन्जको बागेश्वरी कत्था उद्योगबाट ४ सय ७१ क्युबि फुट खयर नियन्त्रणमा

21
बाके खयर

डिभिजन बन कार्यालय बाकेले नेपालगन्जको बागेश्वरी कत्था उद्योगबाट ४ सय ७१ क्युबि फुट खयर नियन्त्रणमा लिएको छ । रानी सामुदायिक बनले लिलाम मार्फत बिक्री गरेको खयरमा अबैध रुपमा थप काठ फेला परे पछि बन कार्यालयले सामुदायिक बनका अध्यक्ष बुद्ध थारुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ । डिभिजन कार्यालयबाट अनुमति लिएको भन्दा बढी परिमाणमा खयर लोड गरी बाटोमा पर्ने बन कार्यालयको पोष्टमा चेक जाच समेत नगराई ओसार पसार गरेको सुचनाका आधारमा नियन्त्रणमा लिइ छानबिन सुरु गरिएको हो । नियन्त्रणमा लिइएको सो खयर रानी सामुदायिक बन क्षेत्रमा कटान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here