पश्चिम दाङको ४ मौजामा सिचाई सुबिधा पुग्ने गरि नहर निर्माण

20
दाङ सिचाइ कुलो

पश्चिम दाङको ४ मौजामा सिचाई सुबिधा पुग्ने गरि नहर निर्माण भएपछि किसानहरु खुसी भएका छन् । दङगीशरण गाँउपालिका वडा नम्वर ३ का रावतगाँउ, चितनपुर, चखौरा र बिजुलीपुरमा रावतगाँउ प्रगन्ना सिचाईकुलो संञ्चालनमा आएको हो । ६ करोड ५१ लाख रुपियाँको लागतमा निर्माण गरिएको नहरबाट ४ सय हेक्टर जमिनमा सिचाई सुविधा पुगेको सिचाई कार्यालयले जनाएको छ । नहर निर्माण भएपछि खेतीपातीको काम छोडेर कुलो मर्मत गर्न जानु पर्ने बाध्यता हटेको किसानहरु बताउछन् । ५ सय १७ घरधुरी प्रत्यक्ष लाभान्वित हुने नहरको साढे ४ किलोमिटर पिच गरिएको सिचाई डिभिजन कार्यालय तुलसीपुरका प्रमुख केदार श्रेष्ठले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here