बाढी पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध बनेपछि तिर्थयात्री र पर्यटकको बिचल्ली

262
बेनी–जोमसोम सडक अवरुद्ध

बाढी पहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध बनेपछि तिर्थयात्री र पर्यटकको बिचल्ली भएको छ । सडक अवरुद्ध भएर सवारी साधन चल्न नसकेपछि मुस्ताङ भ्रमण गर्ने पर्यटक र मुक्तिनाथ दर्शनका लागि जाने आउने तिर्थयात्री तथा स्थानीयलाई आवत जावतमा समस्या भएको छ। दर्जनौ ठाउँमा पहिरो, हिलो, कटान र बाढीले सडक अवरुद्ध बनाएपछि यात्रुहरु गन्तब्यमा पुग्न नसकेर अलपत्र परेका हुन् ।

म्याग्दीको रुप्से र मुस्ताङको घाँसा देखि लेते खण्डको सडक धेरै ठाउँमा अवरुद्ध बनेको छ । ७६ किलोमिटर दुरीको बेनी जोमसोम सडकमा गाडीबाट यात्रा गर्न सर्वसाधारणलाई तिन दिन सम्म लाग्ने गरेको छ । मुस्ताङका कृषकले उत्पादन गरेको स्याउ ढुवानीमा पनि समस्या भएको छ । यसैबीच सडक अवरुद्ध बनेपछि अलपत्र बनेका भारतीय तिर्थयात्रीहरुलाई हिजो हेलीकप्टरबाट उद्धार गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here