निर्मला पन्तको वास्तविक हत्यारालाई छिटो सार्वजनीक गर्नु पर्ने माग राख्दै महीलाहरुको विरोध पर्दशन जारी

143
कञ्चनपुर थाली आन्दोलन

निर्मला पन्तको वास्तविक हत्यारालाई छिटो भन्दा छिटो सार्वजनीक गर्नु पर्ने माग राख्दै कञ्चनपुरका महीलाहरुले विरोध पर्दशन जारी राखेका छन । गत श्रावण ११ गते कञ्चनपुरकी बालीका पन्तको बलत्कार पछी हत्या गरीएको लामो समय हुदा समेत प्रहरीले हत्यारा पत्ता नलगाएको भन्दै कञ्चनपुरका महीलाहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले थाली बजाउदै बजार परिक्रमा गरेर जिल्ला प्रहरी कार्यालय कन्चनपुरको मुल गेटमा गई धर्ना दिनुका साथै कोणसभा समेत गरेका छन । प्रहरी प्रशासनले माग गरेको १५ दिनको समयाअवधी समाप्त हुदा समेत प्रहरीले अपराधी पत्ता लगाउन नसकेको भन्दै फेरि आन्दोलन शुरु गरेको प्रदर्शनकारीहरुले बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here