निलम्बनमा परेका प्रहरी उपरीक्षक डिल्लीराज विष्टसहित ३ जनाको डीएनए परीक्षण

196
प्रहरी डीएनए परीक्षण

निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा लापरबाही गरेको आरोपमा निलम्बनमा परेका प्रहरी उपरीक्षक डिल्लीराज विष्टसहित ३ जनाको डीएनए परीक्षण गर्न थालिएको छ । निलम्बित प्रहरी उपरीक्षक डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट तथा भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डिएनए परीक्षणका लागि नमूना संकलन गरिएको प्रहरी प्रवक्ता शैलेश कुमार थापाले जानकारी दिनु भएको छ ।

परीक्षणमा भेटिएको पुरुषको डीएनए अभियुक्तका रुपमा प्रहरीले सार्वजनिक गरेका दीलिपसिंह विष्टसँग नमिलेपछि उनी रिहा भएको २ दिनपछि निलम्बित एसपी विष्ट सहित ३ जनाको नमूना संकलन गरिएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार नमूना परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here