शहिद स्मारक ए डिभिजन लिग फुटबल उपाधी बिजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने

524
शहिद स्मारक ए डिभिजन लिग फुटबल

शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधी जित्ने टिमले ५० लाख रुपैयाँ प्राप्त गर्ने छ । अखिल नेपाल फुटबल संघ एन्फाले ललितपुर सातदोबाटो स्थित एन्फा कप्म्पलेक्समा हिजो आयोजित पत्रकार सम्मेलनको आयोजना गरी नगद पुरष्कार बारे जानकारी गराएको हो । यसैगरी लिगको दोस्रो हुने टिमले ३५ लाख तथा तेस्रो हुने टिमले २५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । पत्रकार सम्मेलनमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले प्रतियोगिता आयोजनाको अनुमानित बजेट ५ करोड ८० लाख रुपैयाँ रहेको जानकारी दिनु भयो ।

यहि असोज १३ गतेदेखी पुषसम्म संचालन हुने प्रतियोगिता राउन्ड रोबिनको आधारमा एन्फा कम्प्लेक्स सातदोबाटो र हलचोक स्थित सशस्त्र प्रहरिको मैदानमा खेलाइने छ । प्रतियोगितामा ए डिभिजन क्लबका १४ टिमले सहभागीता जनाएका छन र प्रत्येक टिमलाइ तयारीका लागी आयोजक एन्फाले २० लाख रुपैयाँ प्रदान गर्ने महासचिव इन्द्रमान तुलाधरले जानकारी दिनुभयो । प्रतियोगिता अवधिभर ९१ खेलहरु हुने र प्रत्येक खेलमा विजयी हुने टिमले ५० हजार रुपैयाँ प्राप्त गर्ने महासचिव तुलाधरले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here