एएफसी अण्डर १६ महिला च्याम्पियनसिप छनोटको उद्घाटन खेल आज

800
महिला फुटबलनेपाल-फिलिपिन्स

एएफसी अण्डर १६ महिला च्याम्पियनसिप छनोटको उद्घाटन खेलमा नेपालले आज फिलिपिन्सको सामना गर्दैछ । आगामी सन् २०१९ मा थाइल्याण्डमा हुने एएफसी यु–१६ महिला च्याम्पियनसिपको पहिलो चरणको छनोटअन्तर्गत समूह इ का खेलमा नेपालले विजय लक्ष्यका साथ फिलिपिन्सको सामना गर्न लागेको हो । पहिलो चरणमा विभिन्न चार टोलीले प्रतिस्पर्धा गर्दैछन् । जसमा घरेलु टोली नेपालसहित फिलिपिन्स, म्यानमा र मलेसिया छन् । सो खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुनेछ । नेपालले दोस्रो खेल म्यानमासँग शुक्रबार खेल्नेछ ।

छनोटको अन्तिम खेलमा नेपालले मलेसियासँग आगामी आइतबार खेल्नेछ । समूहको शीर्ष दुई टोलीले अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यू–१६ महिला च्याम्पियनसिपको यात्रा तय गर्नेछन् । फाइनल चरणमा आठ टोलीले खेल्नेछन् । आयोजक थाइल्याण्डसहित, जापान, दक्षिण कोरिया र उत्तर कोरिया फाइनल चरणको लागि यसअघि नै छनोट भइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here