एन्फाद्वारा शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको खेल तालिका सार्बजनिक

580
एन्फा खेलतालिका सार्वजनिक

यही असोज १३ गतेदेखि हुने शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको खेल तालिका सार्वजनिक गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ एन्फाद्वारा गठित लिग कमिटीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको खेल तालिकाअनुसार लिगको उद्घाटन खेल न्युरोड टिम एनआरटी र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच हुने भएको छ । उद्घाटन खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा असोज १३ गते शनिबार दिउँसो ३ बजे हुनेछ । पहिलो राउन्डमा सातवटा खेल हुने लिग तेह्र चरणसम्म खेलाइनेछ ।

प्रतियोगितामा ए डिभिजनका सबै १४ वटा क्लबको सहभागिता रहेको छ । खेलहरु सातदोबाटो एन्फा कम्प्लेक्ससहित सशस्त्र प्रहरी बलको हल्चोक मैदानमा हुनेछ । राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कुल ९१ खेल हुनेछन्। लिगको विजेताले ५० लाख, उपविजेताले ३५ लाख, तेस्रोले २५ लाख रुपैयाँ पुरस्कार पाउने छन् । पछिल्लोपटक २०७१ सालमा ‘ए’ डिभिजन लिग भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here