जुम्ला तातोपानी गाउँपालिका २ स्थित बाइराँका गाउँ छुइ मुक्त घोषणा

57
जुम्ला छाउ

जुम्ला तातोपानी गाउँपालिका २ स्थित बाइराँका गाउँ छुइ मुक्त घोषणा भएको छ । कुसंस्कृतिका रुपमा रहेको छाउपडि प्रथालाइ जिल्लाबाटै अन्त्य गर्ने अभियानलाइ पूर्णता दिन स्थानीय महिलाहरुको सक्रियतामा यस्तो घोषणा गरिएको हो । सो गाँउमा १०९ घरधुरी रहेका छन् । महिनावारी भएका बेला हामी छाउ गोठमा बस्दैनौ भन्ने सन्देश दिन गाँउलाइ नै छुइमुक्त घोषणा गरिएको हो । तातोपानी गाउँपालिकाका जनप्रतिनिधिलाइ साक्षि राखेर सर्वोदय नेपाल जुम्लाले औपचारिक रुपमा सो घोषणा गरेको हो । अब यो अभियानलाई अन्य गाउँपालिकामा पनि बिस्तार गरिने अभियन्ताहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here