अखिल नेपाल फुटबल संघ एन्फाद्वारा यु–१५ राष्ट्रिय टिम छनोट सुरु

719
यु-१५ फुटबल खेलाडी छनौट

अखिल नेपाल फुटबल संघ एन्फाले यु१५ राष्ट्रिय टिम छनोट सुरु गरेको छ । आगामी कार्तिक ८ गतेबाट काठमाडौंमा हुने साफ यु१५ च्याम्पियनसिपका लागि एन्फाले खेलाडी छनोट प्रक्रिया अघि बढाएको हो । एन्फाले टिम तयारीका लागि जिल्लामा रहेको उत्कृष्ट खेलाडीलाई असोज १२ गतेभित्र एन्फा कम्प्लेक्स सातदोबाटो पठाईदिन सम्पुर्ण जिल्ला फुटबल संघलाई आग्रह गरेको छ । एन्फाले प्रत्येक जिल्लाबाट बढीमा ५ जना उत्कृष्ट खेलाडी केन्द्रमा पठाउन आग्रह गर्दै जिल्ला संघलाई पत्राचार गरेको छ । सन् २००३ जनवरी १ पछि जन्मेका खेलाडीले छनोटमा भाग लिन पाउने एन्फाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here