केन्द्रीय विधान संशोधन समितिले सातै प्रदेशमा प्रारम्भिक मस्यौदा सुझाव सङ्कलन गर्ने

150
नेका विधायन समिति

नेपाली काङ्ग्रेस केन्द्रीय विधान संशोधन समितिले तयार पारेको प्रारम्भिक मस्यौदा सुझाव सङ्कलन गर्नका लागि सातै प्रदेशमा लगिने भएको छ ।  असोज ८ गते सोमबारदेखि १२ गतेसम्म सात प्रदेशका १२ स्थानमा पुगी समितिका सदस्यले सुझाव सङ्कलन गर्ने नेपाली काग्रेसले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । इलाम, विराटनगर, जनकपुर, वीरगञ्ज, ललितपुर, धुलिखेल, पोखरा, बाग्लुङ, भैरहवा, घोराही, वीरेन्द्रनगर र धनगढीमा सुझाव सङ्कलनको कार्यक्रम राखिएको समिति संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले बताउनुभयो ।

सुझाव सङ्कलन गरी तिहारअघि नै मस्यौदालाई अन्तिम रूप दिइने कार्यक्रम छ । विधान संशोधनको मस्यौदा मङ्सिर ५ गतेदेखि ९ गतेसम्म आयोजना हुने महासमिति सदस्यको बैठकमा पेश गरिने महामन्त्री खड्काले जानकारी गरायनु भयो ।उपसमितिका मस्यौदालाई एकीकृत गर्न सदस्य दीलेन्द्रप्रसाद बडुको संयोजकत्वमा आनन्दप्रसाद ढुङ्गाना र रमेश लेखक सदस्य रहेको तीन सदस्यीय समिति गठन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here