सानाठूला सबै व्यवसायी करको दायरामा आउनुपर्ने अर्थमन्त्रीको भनाइ

134
अर्थमन्त्री खुद्रा व्यापार संघ

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सानाठूला सबै व्यवसायी करको दायरामा आउनुपर्ने बताउनुभएको छ । नेपाल खुद्रा व्यपार सङ्घको ३९औँ साधारणसभाको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले सबै व्यवसायीलाई इमान्दारितापूर्वक व्यवसाय गर्न पनि आग्रह गर्नुभयो । अर्थमन्त्री खतिवडाले जनताले तिरेको करबाटै सबै नागरिकलाई सामाजिक सुरक्षा सुविधा उपलब्ध गराइने बताउँदै त्यसका लागि र मुलुकको विकासका लागि कर महत्वपूर्ण भएको बताउनुभयो । दोहोरो कर लगाउने सरकारको नीति नभएको प्रष्ट पार्दै उहाँले कहीँकतै दोहोरो कर लागेका भए फिर्ता गरिने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here