लोकतन्त्रको रक्षा र जनअधिकारको संरक्षणमा प्रेस क्षेत्रको भूमिका महत्वपूर्ण रहेको राष्ट्रपतिको भनाइ

67
प्रेस काउन्सिल

राष्ट्रपति विद्यादेवी भण्डारीले सत्य तथ्य र यथार्थको निश्पक्ष उजागर गर्नु सञ्चार माध्यमको प्रमुख दायित्व भएको बताउनु भएको छ । प्रेस काउन्सिल नेपालको बार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले संख्यात्मक विकास संगै गुणात्मक विकास आवश्यक रहेको वताउनु उल्लेख गर्दै मुलुकको समृद्धीमा योगदान गर्न आमसञ्चार माध्यम र पत्रकार जगतलाई आग्रह गर्नु भयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले प्रेस कानुन निर्माणको तयारी भैरहेको वताउदै प्रेस स्वतन्त्रता अक्षुण रहने वताउनु भयो । मन्त्री बाँस्कोटाले समय सापेच्क्ष कानुनहरु बने पनि प्रेस स्वतन्त्रतामा कुनै कमि नआउने विश्वास दिलाउनु भयो । प्रेस काउन्सिल नेपालले बिभिन्न विधाका १८ जना पत्रकार र दुइवटा सञ्चार माध्यमलाई  पुरस्कृत र पत्रकारितामा योगदान गर्नुहुने ४ जनालाई सम्मान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here