शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता हिजोबाट शुरु

845
ए डिभिजन लिग फुटबल

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज सङ्कटा क्लब र सरस्वती युथ क्लबबीच खेल हुनेछ । हिजोबाट शुरु भएको लिगको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र न्यूरोड टिम एनआरटीले बराबरी खेलेका छन् । सातदोबाटोस्थित एन्फा खेल मैदानमा भएको खेलमा आर्मी र एनआरटीले २–२ गोलको बराबरी खेल्दै समान १ एक अङ्क बाँडेका छन् । एनआरटीका लागि रोजित पुडासैनीले खेलको १२औं मिनेटमा गोल गर्दै अग्रता लिएका थिए । खेलको ३८औँ मिनेटमा पेनाल्टीमार्फट गोल गर्दै आर्मीले खेल बराबरी गर्‍यो । खेलको ६४औं मिनेटमा एनआरटीका राजेश परियारले गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाए । खेलको अन्तिम समयमा आर्मीका सन्तोष तामाङले व्यक्तिगत दोस्रो गोल गरी खेल बराबरीमा ल्याए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here