एसिया कप यू-१९ मा नेपालले आज अफगानिस्तानको सामना गर्दै

402
यू-१९ क्रिकेट

बंगलादेशमा जारी एसिया कप यू-१९ को दोस्रो चरणमा पुग्ने लक्ष्य लिएको नेपालले आज अफगानिस्तानको सामना गर्दैछ । पहिलो खेलमा भारत संग पराजय व्यहोरेको नेपाल आज अफगानिस्तान विरुद्ध जित निकाल्ने रणनीति सहित मैदानमा उत्रिदै छ । प्रतियोगिता अन्तरगत नेपाली टोलीले भोली युएईसंग खेल्ने छ । एशिया कप क्रिकेटको पहिलो खेलमा नेपालको यु–१९ क्रिकेट टोली भारतसंग १ सय ७१ रनले पराजित भएको छ । बंगलादेशमा शनिबारबाट सुरु समुह चरणको पहिलो खेलमा ३ सय ५ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको नेपाल ३६ दशमलव ४ ओभरमा १ सय ३३ रनमा समेटिएको थियो । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here