पेरुका पूर्व राष्ट्रपति फुजिमोरीलाई दिइएको क्षमादानको निर्णय उल्टाइयो

145
पेरु फुजिमोरी

पेरुको एक अदालतले त्यहाँका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीलाई दिइएको क्षमादानको निर्णयलाई उल्ट्याइदिएको छ । दुई वटा हत्याकाण्डमा संलग्न भएको पुष्टि भएपछि नौ वर्षदेखि जेल सजायँ भोगिरहनु भएका पूर्व राष्ट्रपति फुजिमोरीलाई स्वास्थ्यका कारण गत डिसेम्बर मा क्षमादान दिइएको थियो । तर पीडितहरुले सरकारी निर्णयको विरुद्ध दिएको पुनरावेदन उपर फैसला गर्दै अदालतले पूर्व राष्ट्रपति फुजिमोरीलाई पुनः जेल पठाउने निर्णय गरेको हो ।

सन् १९९० को दशकमा पेरुको नेतृत्व गर्नुभएका फुजिमोरीका वकिलले फैसलाका विरुद्ध लडिरहेको बताएका छन् । पेरुको प्रमुख प्रतिपक्षी दल पपुलर फोर्स पार्टीको नेतृत्व गरिरहनु भएकी पूर्व राष्ट्रपति फुजिमोरीकी छोरीले अदालतको निर्णय अमानवीय र अन्यायपूर्ण भएको प्रतिक्रिया दिएकी छन् । ८० वर्षीय पूर्व राष्ट्रपति फुजिमोरीको बाँकी जीवन जेलमा नै बित्ने अनुमान गरिएको छ । पेरुको आन्तरिक द्वन्द्वका क्रममा २५ जनाको हत्यामा सरकारको संलग्नता भएको पुष्टि भएपछि उहाँलाई जेल चलान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here