अमेरिकाको दक्षिण क्यारोलाइना राज्यमा भएको गोलीकाण्डमा एक प्रहरीको मृत्यु

50
अमेरिका प्रहरी गोली प्रहार

अमेरिकाको दक्षिण क्यारोलाइना राज्यमा केहिबेर अघी भएको गोलीकाण्डमा एक प्रहरी मारिएका छन् भने सात जना घाइते भएका छन् । स्थानीय फ्लोरेन्स शहरस्थित मुख्य प्रशासकीय कार्यालयमा खटिएका सहकर्मी प्रहरी अधिकृतलाइ सहयोग गर्न पुगेका ती प्रहरी अधिकारीहरू माथी अप्रत्यासित रुपमा आक्रमण भएको हो । आक्रमणका गोली लागेर गम्भिर घाइते भएका प्रहरीको केहीबेरमै मृत्यु भएको बिबिसिले जनाएको छ । गोली लागेका अन्य प्रहरीको अवस्थाबारे भने केही बताइएको छैन । गोली चलाएको आरोपमा एक व्यक्तिलाइ पक्राउ गरिएको जनाउदै प्रहरीले घटनाको अनुसन्धान भइरहेको बताएको छ । अमेरिकामा केही बर्ष यता गोली आक्रमणक घटना बढिरहेको छ । गत बर्ष मात्रै गोली काण्डबाट १५ हजार मानिसहरुको मृत्यु भएको थियो । गत हप्ता भएको त्यस्तै घटनामा एक नेपालीको समेत मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here