साइवर हमला गरी संवेदनशिल सूचना चोरी गरेको आरोपमा रुसी गुप्तचरहरु विरुद्ध अभियोग दायर

59
रुसी गुप्तचरहरु विरुद्ध

विश्वभरी साइवर हमला गरी संवेदनशिल र अति गोप्य मानिएका सूचना चोरी गरेको आरोप लागेका सात जना रुसी गुप्तचरहरु विरुद्ध अमेरिकाले औपचारिक अभियोग दायर गरेको छ । अमेरिकाको कानुन मन्त्रालयले रुसी गुप्तचरहरुको संलग्नतामा विश्वभर साइबर हमलाबाट भएको आरोप लगाउदै उनीहरुले विश्वभरिका राजनीतिक, व्यापारिक, सञ्चार र खेल सङ्गठनहरूमा भएको साइबर आक्रमण गरेको बताएको छ ।

बेलायतले पनि स्नायु विष आक्रमण, रसायनिक हतियार सम्वन्धमा अनुगमन गर्ने निकाय, प्रतिवन्धित औषधीको प्रयोग तथा अमेरिकी आणविक कम्पनीको वेभसाइट ह्याक हुनुमा रुसको सैनिक गुप्तचर निकाय जीआरयू जिम्मेवार भएको बताएको छ। यसअघी नेदरल्याण्डसले पनि साइवर अपराधमा रुसको संलग्नताको आरोप लगाएको थियो । पछिल्लो घटनाक्रममा संयुक्त विज्ञप्ति जारी गर्दै बेलायत र नेदरल्याण्डसका प्रधानमन्त्रीले रुसले अन्तराष्ट्रिय कानुनको उलंघन गरेको बताउनुभएको छ । आरोपको खण्डन गर्दै रुसले भने एक पटक फेरी आफूहरु संगठित प्रचारको शिकार भएको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here