अन्तराष्ट्रिय प्रहरी संगठन इन्टरपोलका प्रमुख मेङको अबस्था अज्ञात

52
इन्टरपोलप्रमुख चीन

अन्तराष्ट्रिय प्रहरी संगठन इन्टरपोलले चीनमा बेपत्ता भएका आफ्ना प्रमुखको अवस्थाबारे तथ्य सार्वजनिक गर्न चीनसंग आग्रह गरेको छ । गत सेप्टेम्बर महिनाको २५ तारिखमा फ्रान्सको लाइवन शहर स्थित इन्टरपोलको मुख्यालयबाट हिडेका मेङ होङ विइ त्यसयता बेपत्ताहुनुभएको छ । उनका परिवारका सदस्यले पनि कुनै खबर नआएको बताएपछी आफ्ना अध्यक्षको संभावित अवस्थालाइ लिएर इन्टरपोलले चिन्ता व्यक्त गरेको छ । इण्टरपोलका महासचिवद्वारा जारी विज्ञप्तिमा चीनिया अधिकारीहरुलाइ अध्यक्ष मेङका बारेमा यथार्थ जानकारी उपलब्ध गराउन आग्रह गरिएको छ ।

चीनले भने सो सम्वन्धमा हालसम्म कुनै आधिकारिक प्रतिक्रिया व्यक्त गरेको छैन । तर हङकङबाट प्रकाहित हुने पत्रिका दी साउथ चाइना मर्निङपोस्टले भने इण्टरपोल प्रमुख मेङलाइ अनुशासन हेर्ने निकायका अधिकारीहरुले सोधपुछका लागि लगेको लेखेको विविसिले जनाएको छ । तर उनलाइ किन लिगियो भन्ने बारेमा भने स्पष्ट पारिएको छैन । सन् २०१६ मा इण्टरपोल प्रमुख निर्वाचित हुनुभएका मेङको कार्यकाल २०२० सम्म छ । उहाँ उक्त तहमा रहेर काम गर्ने पहिलो चीनिया नागरिक पनि हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here