अन्तराष्ट्रिय प्रहरी संगठन इन्टरपोलका प्रमुख लाई पक्राउ गरी नियन्त्रणमा राखेको चीनको पुष्टि

57
इन्टरपोल प्रमुख थुना

दुइ हप्ताबाट सम्पर्क विहिन हुनुभएका अन्तराष्ट्रिय प्रहरी संगठन इन्टरपोलका प्रमुख मेङ होङ वेइ लाई पक्राउ गरी नियन्त्रणमा राखेको चीनले पुष्टि गरेको छ । मेङले केही गम्भिर कानूनको उल्लङ्घन गरेकाले भ्रष्ट्राचार विरुद्ध अनुसन्धान गर्ने सरकारी निकायले उहाँलाइ सोधपुछका लागि नियन्त्रणमा लिएको चीनिया अधिकारीहरुले जनाएका छन् । चीनमा सार्वजनिक सेवामा कार्यरत कर्मचारीहरुले गरेको अनियमितताको अनुसन्धान गर्ने निकाय राष्ट्रिय अनुगमन आयोगले आफ्नो वेभसाइटमा मेङ माथी अनुसन्धान भइरहेको पनि उल्लेख गरेको छ ।

गत सेप्टेम्बर महिनाको २५ तारिखमा फ्रान्स स्थित इन्टरपोलको मुख्यालयबाट चीन जानुभएका मेङ त्यस यता सम्पर्क विहिन हुनुभएको भन्दै उहाँको अवस्थाबारे जानकारी गराउन इन्टरपोलले चीन सरकारसंग आग्रह गरेको थियो । सन् २०१६ मा इन्टरपोल प्रमुख निर्वाचित मेङ चीनको सार्वजनिक सुरक्षा उप-मन्त्री समेत हुनुहुन्थ्यो । यसैबीच इन्टरपोलले मेङले हिजो आफ्नो पदबाट राजिनामा दिनुभएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here