मेक्सिकोमा मानव अंग बिक्रीका लागि १० जनाभन्दा बढी मानिसको हत्या गर्ने एक दम्पतीलाई प्रहरीद्वारा गिरफ्तार

228
मेक्सिको मानव अंग व्यापार

मेक्सिकोमा मानव अंग बिक्रीका लागि १० जनाभन्दा बढी मानिसको हत्या गर्ने एक दम्पतीलाई प्रहरीले गिरफ्तार गरी अनुसन्धान गरिरहेको छ । घटनाको थप अनुसन्धानका क्रममा मेक्सिको शहरको भित्री भागमा २० जना महिलाको हत्या गरिएको पनि फेला परेको छ । अनुसन्धानकर्ताहरुले गिरफ्तार दम्पतीको फ्लाट र नजिकै रहेको उनीहरुको जमिनमा मानव अंग फेला पारेका हुन् । उनीहरुले मानव अंगलाई फ्रिजमा र बाल्टिनमा माथिबाट सिमेन्टले छोपेर राख्ने गरेको भेटिएको छ। गिरफ्तार दम्पतिले मानव अंग बिक्री गर्ने गरेको पत्ता लागेपनि क्रेताको बारेमा भने अझै केही पत्ता लागेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here