गुगलको सामाजिक सञ्जाल गुगल प्लसका ५ लाख प्रयोगकर्ताका गोप्य सूचना चुहावट

46
गुगल प्लस बन्द

प्रयोगकर्ताहरुको विवरण सार्वजनिक भएपछी गुगलले आफ्नो सामाजिक सञ्जाल गुगल प्लसको सेवा बन्द गरेको छ । सामाजिक सञ्जाल प्रयोगका क्रममा प्रयोगकर्ताले गोप्यहुने शर्तमा बुझाएका विवरणहरु तेस्रो पक्षले सजिलै प्रयोगगर्न सक्ने अवस्था देखिएपछी सेवा बन्द गराइएको कम्पनीले जनाएको छ । बन्द भएको सेवाले आफ्ना ५ लाख भन्दा बढी प्रयफकर्ताहरुलाइ असर पुगेको भन्दै गुगलले माफी मागेको छ । सेवा किन बन्द गर्नुपर्यो भन्ने बारेमा भने कम्पनीले केही जनाएको छैन् । प्रविधिका जानकारहरुले भने फेसबुक संग प्रतिस्पर्धा गर्न नसकेपछी गुगलले आफ्नो सामाजिक सञ्जालको सेवा बन्द गराएको तर्क गरेका छन् । सन् २०११ मा सुरु भएको यो सेवा सुरुवातका दिनबाटै फेसबुक संगको प्रतिस्पर्धामा पछी परेको बताइएको छ । गुगलले भने आफ्ना व्यवसायिक प्रयोगकर्ताहरुले सशुल्क गुगल प्लस सेवा लिन सक्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here