सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा धान काटेर भित्र्याउने चटारो

163
डडेलधुरा धान काट्न सुरु

सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज भोलि धान काटेर भित्र्याउने चटारो छ । असोज आधाआधीदखि डडेल्धुरा सहित सुदुरपश्चिम प्रदेशका सातवटै पहाडि जिल्लाका किसानहरु मुख्य वाली धान काट्ने र भित्र्याउने काममा व्यस्त छन् । किसानहरु धान काट्नका लागि दिनभर खेतवारीमै व्यस्त हुने भएकाले आजकल गाउँघर सुनसान देखीने गरेको हाम्रा डडेलधुरा समाचारदाताले जनाएका छन् । धान काट्ने वेलामा मौसम अनुकुल भएकाले अहिले सहज भएको किसानहरु वताउँछन् । यो वर्ष समयमै रोपाई हुनुका साथै वर्षा पनि राम्रो भएकाले धानको उपदन वृद्धि भएको किसानहरुको भनाई छ। डडेल्धुरामा ६ हजार २ सय ३६ हेक्टर क्षेत्रमा धान खेती हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here