एक नम्बर प्रदेशसभाको वर्खे अधिवेशन मंगलबार राति १२ बजेदेखि अन्त्य

150
प्रदेश सभा बैठक अन्त्य

एक नम्बर प्रदेशसभाको वर्खे अधिवेशन मंगलबार राति १२ बजेदेखि अन्त्य हुने भएको छ ।विराटनगर स्थित प्रदेश सभा भवनमा बसेको बैठकमा प्रदेश सभामुख प्रदीप भण्डारीले सो जानकारी गराउनु भएको हो । जेठ १७ गते शुरु भएको वर्खे अधिवेशन ५२ दिनमा ५८ वटा बैठकहरु बसेको थिए । ६० घण्टा संचालन भएको प्रदेशसभाका ती बैठकले १२ वटा विधेयकहरु पारित गरेको छ ।

प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमंत्री शेरधन राईले वर्षे अधिवेशनमा बजेट र नीति तथा कार्यक्रम ल्याउने कार्य भएको भएपनि संघिय सरकारले समयमा कानुन निर्माण नगरेको र कर्मचारी नपठाएको कारण प्रभावकारी काम हुन नसकेको बताउनु भयो । प्रदेश सभा बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता राजिव कोइरालाले प्रदेश सरकार गठन भएको लामो समय वितिसक्दा पनि सरकारले पूर्णता नपाएको र एक सय दिने कार्यक्रम समेत लागू गर्न नसकेको भनि असन्तुष्टी व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here