अमेरिकाको फ्लोरिडा तट नजिकै माइकल नामक शक्तिशाली आँधी

53
अमेरिका आँधी

अमेरिकाको फ्लोरिडा तट नजिकै माइकल नामक शक्तिशाली आँधी आइपुग्न लागेको त्यहाँको राष्ट्रिय आँधी केन्द्रले जनाएको छ । तेस्रो क्याटगोरीको सो आँधी १ सय ९३ किलोमिटर प्रतिघन्टाको गतिमा आइरहेको जनाइएको छ । आँधीका कारण पहिरो जानसक्ने अनुमान गरिएको छ । फ्लोरिडाका गभर्नर रिक स्कटले प्रभावित क्षेत्रका बासिन्दाहरुलाई ठाउँ छोड्न निर्देशन दिइसक्नु भएको छ । अल्बामा, फ्लोरिडा र जर्जिया राज्यले ती राज्यका सबै क्षेत्रमा संकटकाल घोषणा गरिसकेका छन् । मध्य अमेरिकामा आँधीका कारण १३ जनाको मृत्यु भइसकेको छ । फ्लोरिडाका गभर्नर स्कटले तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई जीवन र मृत्युको बीच भन्दै सुरक्षित स्थानमा स्थानान्तरण हुन आग्रह गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here