संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूत निकी हेलीले पदबाट राजिनामा

219
अमेरिका निकी राजिनामा

संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूत निकी हेलीले पदबाट राजिनामा दिनुभएको छ । राजदूत हेलीले राजिनामाको कारण नखुलाई आफूले संयुक्त राष्ट्र संघमा दुई वर्ष राजदूतका रुपमा जिम्मेवारी निर्वाह गरी पदबाट राजिनामा दिएको बताउनु भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओभल अफिसमा राजदूत हेलीलाई भेटी संयुक्त राष्ट्र संघमा हेलीले अविश्वसनीय रुपमा आफ्नो जिम्मेवारी निर्वाह गरेको बताउनुभयो । दक्षिण क्यारोलिनाकी पूर्व गभर्नर समेत रहनु भएको ४६ वर्षीय हेली अमेरिकी राष्ट्रपति ट्रम्पको क्याबिनेटमा रहेका थोरै महिला मध्ये एक हुनुहुन्छ ।

राजदूत हेलीले अचानक दिइएको राजिनामाको कारण खुलाउनु भएको छैन । तर सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनको सहभागी हुने तयारी हुन सक्ने अनुमान गरिएको छ । राष्ट्रपति ट्रम्पले दुई तीन हप्तामा नयाँ नियुक्ति गरिसक्ने बताउनु भएको छ । राष्ट्र संघीय राजदूतका लागि राष्ट्रपति ट्रम्पकी छोरी इभाङ्का इच्छुक भएको र त्यसका लागि योग्य भएको बताइएको छ । तर नातावादका कारण उनलाई नियुक्त गर्न कठिन भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here