रुकुम पश्चिमको सल्ले बिमानस्थलमा नेपाल बायु सेवा निगमको जहाज उडान सुचारु

840
रुकुम सल्ले विमानस्थल

रुकुम पश्चिमको सल्ले बिमानस्थलमा नेपाल बायु सेवा निगमको जहाजले उडान सुचारु गरेको छ । तीन महिनादेखि रोकिएको उडान आइतबार काठमाण्डौ रुकुम नेपालगञ्ज उडान गरेर सुचारु भएको हो । अब जहाजले काठमाण्डौ र नेपालगञ्ज गरि पहिलेकै तालिका अनुसार हप्तामा एक-एक दिन उडान गर्ने निगम सल्लेका स्टेशन म्यानेजर अमरदिप राइले जानकारी दिनुभयो । उहाँका अनुसार जहाजले आईतबार काठमाण्डौ रुकुम नेपाजगञ्ज र सोमबार नेपालगञ्ज रुकुम काठमाण्डौ उडान गर्ने छ । यसअघि दुर्गम ठाउँमा उडान गर्ने निगमका जहाज अपुग र ग्राउडेड भएपछि सेवा अबरुद्ध भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here