अमेरिकाको उत्तरपश्चिमी समुद्र तटीय क्षेत्रमा शक्तिशाली आँधी

45
अमेरिका आँधी अपडेट

अमेरिकामा आएको अहिलेसम्मकै शक्तिशाली आँधीका कारण उत्तर पश्चिम फ्लोरिडाको तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ। आँधीका कारण शहरका घर तथा रुखहरु तैरिए जस्तो देखिएका छन्। २ सय किलोमिटर प्रतिघन्टाको गतिमा आएको माइकल नामक तेस्रो क्याटगरीको आँधीका कारण बुधबार दिउसो फ्लोरिडा राज्यको प्यानह्यान्डल क्षेत्रमा पहिरो गएको छ । शक्तिशाली आँधी अल्बामा र जर्जियामा तर्फ मोडिएको बताइएको छ ।फ्लोरिडाका गभर्नर रिक स्कटले सय वर्षकै अकल्पनीय विनासकारी आँधी रहेको बताउँदै सर्वसाधारणलाई सचेत गराएका छन् ।

माइकल आँधीका कारण मध्य अमेरिकामा १३, हुन्डुरसमा ४, निकारागुवामा ४ र एल साल्भाडोरमा ३ जनाको मृत्यु भएको छ । संयुक्त राज्य अमेरिकामा भने अहिलेसम्म १ जना मानिसको रुख ढलेर उनको घरमा लाग्दा मृत्यु भएको एबिसी न्युजले जनाएको छ । ३ लाख ७० हजारभन्दा बढी मानिसलाई आँधी प्रभावित क्षेत्रबाट अन्यत्र सर्न निर्देशन दिइएको भए पनि धेरैले अटेर गरेको अधिकारीहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here