भेरी-बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण निर्धारित समय अघि नै सम्पन्न हुने

48
भेरी बबई काम तीव्र

भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण निर्धारित समय अघि नै सम्पन्न हुने भएको छ । नेपालमा पहिलो पटक प्रयोगमा ल्याइएको टनेल बोरिङ मेशिन टिबिएमले ११ महीनामा भेरी बबईको ८.३ किलोमिटर सुरुङ छिचोलिसकेको छ । भेरीको पानीलाई १२ किमी लामो सुरुङमार्फत बबईमा खसालेर विद्युत उत्पादन गर्ने र बाँके–बर्दियामा सिंचाइ सुविधा पुर्‍याउने लक्ष्य लिइएको छ । बबईमा खसालिएको पानीले बाँके र बर्दियाको ५१ हजार हेक्टर जमीनमा सिंचाइ सुविधा पुग्ने प्रारम्भिक अनुमान छ । आयोजनाले आगामी फागुनसम्म बाँकी चार किमी सुरुङ निर्माण गरिसक्ने जनाएको छ । सरकारले सन् २०२० मार्चसम्म सुरुङ निर्माण गरिसक्ने लक्ष्य राखेको छ । स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजनाको कूल लागत साढे १६ अर्ब रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here