दशैंमा घर फर्कनेहरुसँग यातायात व्यवसायीहरुले तोकिएको भन्दा बढी भाडा लिने गरेको भन्ने गुनासो आएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाले विपि राजमार्गमा सवारी चेक जाँच शुरु गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाले जिल्लाको मुख्य राजमार्ग विपी राजमार्गमा अनुगमन गरी चालक र यात्रुहरुसँग आवश्यक सोधपुछ गर्ने काम थालेको हो । सोही क्रममा विपि राजमार्गको रोशी गाउँपालिकाको कालढुंगा र नमोबुद्ध नगरपालिकाको एक नम्बर पुलमा छड्के जाँच गरिएको छ । दशैंमा क्षमता भन्दा बढी यात्रु बोक्ने र बढी भाडा असुल्ने काम न्युनिकरण गर्न जनप्रतिनिधि र प्रहरी प्रशासनले संयुक्त रुपमा अनुगमन गरेको हो ।
Latest article
सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरेको छ
सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरेको छ । काठमाडौंमा आज आयोजित विशेष समारोहबीच प्रधानमन्त्री के.पी. शर्मा ओलीले सो कार्यक्रम शुभारम्भ गर्नुभयो ।...
विश्व रेडियो दिवस आज मनाईंदैछ
विश्व रेडियो दिवस आज मनाईंदैछ । विश्व रेडियो दिवसको यो वर्षको नारा विपतका समयमा रेडियोको भूमिका भन्ने तय गरिएको छ । संयुक्त...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रोपटक सरकारी कार्यालयहरु बन्द हुने स्थिति नआउने विश्वास व्यक्त गर्नुभएको...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रोपटक सरकारी कार्यालयहरु बन्द हुने स्थिति नआउने विश्वास व्यक्त गर्नुभएको छ । संघीय सरकारलाई बजेट उपलब्ध गराउन सांसदहरु...